Loading

प्राबिधिक-समाचार

अब घरै बसी बसी सरकारी राज्स्वा बुजाउन सकिने : टेक कम्युनिटी नेपाल

काठमाडौं| नेपाल सरकार तथा प्रदेश सरकारको राजस्व संकलनलाई सरल, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाएर जोखिम न्यूनीकरण गर्न महालेखा नियन्त्रकको कार्यालयले डिजिटल वालेटबाटै सरकारी राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ| 

केही पहिले असोजमा नेपाल सरकारले राजस्व व्यवस्थापन सूचना प्रणालीमा विद्युतीय भुक्तानी प्रदायक संस्थालाई आवद्ध गर्ने निर्देशिका जारी गरेको थियो । सोही अनुसार डिजिटल वालेटलाई समेत राजस्व भुक्तानी प्रणालीमा जोड्न थालिएको उप महालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले जानकारी दिएका छन|उनका अनुसार ५-६ वटा भुक्तानी सेवा प्रदायकले स्वीकृति प्राप्त गरिसकेका छन् । ‘हामीले राजस्व प्रणालीमा जोडिन आउने जुनसुकै वालेटलाई एक हप्ताको अवधिमै राजस्व प्रणालीमा आवद्ध गराइरहेका छौं,’ उनले भने, ‘महालेखा नियन्त्रकको स्वीकृति प्राप्त गरिसकेका वालेटहरुले तत्कालै राजस्व भुक्तानी सेवा दिन सक्छन् ।’

यसैगरी अबको केही दिनमा ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने सेवाको सुरुवात गर्ने तयारी छ |महालेखा नियन्त्रकको कार्यालयले ‘क’ वर्गका २३ वटा बैंकलाई आंशिक रुपमा सरकारी राजस्व संकलन गर्न सक्ने अधिकार दिएको छ ।तर सम्पूर्ण बैंकलाई राजस्व संकलनको अनुमति दिँदा बैंकको खर्च र कार्यालयको व्यवस्थापन भद्रगोल हुने महालेखा नियन्त्रकको तर्क छ । महालेखा नियन्त्रकको सिस्टममा आवद्ध भएसँगै वालेटबाटै आन्तरिक राजश्व, लोक सेवा, कम्पनी रजिस्टार लगायतको सरकारी राजस्व भुक्तानी गर्न सकिनेछ ।

वालेटबाट कसरी तिर्ने सरकारी राजस्व ?

-डिजिटल वालेटबाट सरकारी राजस्व तिर्नका लागि सुरुमा महालेखा नियन्त्रकको पोर्टलमा जानुपर्ने (पोर्टलमा जान यहाँ क्लिक गर्नुहोस्) हुन्छ

-र त्यसमा युजर नेम आईडी तयार पारी कर तिर्नुपर्ने कार्यालय र बैंक छनौट गरी ईबीपी टोकन अर्थात इलेक्ट्रोनिक बिल पेमेन्ट नम्बर लिनुपर्ने हुन्छ  ।

-वालेटमा यो सेवा लाइभ भइसकेपछि ‘गभर्मेन्ट पेमेन्ट’ अप्सनमा गएर ईबीपी टोकन नम्बर राख्नुपर्ने हुन्छ ।

-यति गरिसकेपछि सम्बन्धित सरकारी कार्यालयको नाम देखिनेछ । यसरी अगाडि बढेर सरकारी राजस्व भुक्तानी गर्न सकिने  छ ।