टेलिग्राम संस्थापक पाभेल डुरोभले भने कि मेसेजिंग एपले अर्को बर्ष सार्वजनिक रुपमा एक देखी धेरै च्यानलमा विज्ञापन प्रस्तुत गर्नेछ। डुरोभले आफ्नो टेलिग्राम च्यानलमा लेखे कि "विज्ञापन प्लेटफर्म यस्तो
हुनेछ जुन प्रयोगकर्ता-मैत्री, गोपनीयतालाई सम्मान गर्ने र सर्भर र ट्राफिकको लागत खर्च समेत उठाउँन सक्ने खालको हुनेछ।"
उनले टेलिग्रामले मोनिटाइज गर्न सक्ने अर्को तरिकाको रूपमा पनि प्रीमियम स्टिकरहरूतिर औंल्याए तर विद्यमान सुविधाहरू निःशुल्क रहनेछन् र निजी कुराकानीमा विज्ञापनहरू देखाउने समर्थन नगर्ने कुरामा जोड दिए।
कम्पनीको मोनेटाइजेशन योजनाहरू छलफलको साथसाथै, दुरोभले भने कि "टेलिग्राम ५०० मिलियन प्रयोगकर्ता सामु पुग्न लागेको छ”।