Loading

आईटी-कोर्स

'फेस्ट'ले गराउदै ५० प्रतिशत छुटमा प्रोग्रामिङ क्लास इन्टर्नशिप र जागिरको पनि ग्यारेन्टी

नेपालको इमर्जिङ टेक कम्पनी  "फेस्ट" फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजीले ५० प्रतिशत छुट सहित अनलाइन मोड बाटै विभिन्न प्रोग्रामिङ ल्याङवेजका कक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले आउँदो पुष ५ गतेदेखि प्रोग्रामिङ कक्षा सञ्चालन गर्ने भएको हो ।

उक्त कक्षामा सी र सी प्लस प्लस ल्याङवेज ५० प्रतिशत छुटमा पढाइनेछ । त्यसैगरी एन्ड्रोइड प्रोग्रामिङ ल्याङवेज, पाइथन, जाभा, वेब डिजाइनिङ, ए.यस.पी डट नेट, आईओएस, पीएचपी सहितका कक्षामा ३० प्रतिशत छुट उपलब्ध गराइने बताइएको छ ।साथै फेस्टमा पढ्ने विद्यार्थीलाई इन्टनशिपका साथै दक्ष विद्यार्थीलाई जागिरको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

इच्छुक ब्यक्तिहरुले यहाँ  क्लिक गरि अनलाइन फर्म भर्न सक्नुहुन्छ|अन्य जानकारीको लागि फेस्ट को अफिसियल वेबसाईट तथा फसेबुक पेज बाट पनि सम्पर्क गर्न सक्नुहुन्छ|

रजिस्ट्रेसन धमाधम भैरहेका छन आफ्नो सिट समय मै सुरक्षित गर्नुहोला|