Loading

प्राबिधिक-समाचार

'फेस्ट'ले गर्‍यो 'युगद्रष्टा एप’ सार्वजनिक निःशुल्क पढ्नुहोस निर्मलमणि अधिकारीका पुस्तकहरु

सिद्धान्तकार तथा युगद्रष्टा डा.निर्मलमणि अधिकारीका चिन्तनलाई जनमासमा पुर्याउन मोबाइल एपको विकास गरिएको छ । डा. निर्मलमणि अधिकारीका चर्चित पुस्तकहरु अब युगद्रष्टा एप मार्फत निशुल्क पढ्ने व्यवस्था गरिएको छ । फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले बनाएको हो । युगद्रष्टा एप निशुल्क उपल्ब्ध गराएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताउनु भएको छ । युगद्रष्टा एप फेस्ट कम्पनिका संस्थापक तथा सिइयो इं. विक्कि महतको नेतूत्वमा तयार बनाएको हो ।  



युग बोध गरी युगमा आइपर्ने समस्याको आकंलन गर्न सक्ने साथै समस्याको समाधान पनि सुझाउनु भएको कारण उहाँलाई युगनिर्माण अभियान नेपालले युगद्रष्टाको रुपमा सम्मान गरिएको थियो । पचास भन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरिसक्नु भएको आदरणीय युगद्रष्टा गुरु डा.निर्मलमणि अधिकारीका नयाँ र वर्तमान समयमा सान्दर्भिक एक दर्जन पुस्तकहरु एप मार्फत निशुल्क पढ्नु सकिने छन् । फेस्टका संस्थापक तथा सिइयो इं. विक्कि महत भन्नु हुन्छ  युगद्रष्टाले लेख्नु भएको राजनीतिक सिद्धान्त पहिलो संस्करण राज्यराष्ट्र नेपाली भाषा, नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पढ्नु सकिने भएको छ । त्यसै गरी राज्यराष्ट्र द्रोस्रो संस्करण, महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्ययुगको आधारशीला, वेद र वैदिक हिन्दू धारा, नेपालको पुनर्जागरको अर्थ र आधार, सहृदयता दर्शनको प्राक्थन सहित चर्चित पुस्तकहरु एपमा उपलव्ध छन् ।

एपमा युगद्रष्टाको परिचयका साथै उहाँले गर्नुभएको महत्वपुर्ण कार्यहरुको छोटकरीमा जानकारी दिएको छ । उहाँले हाल सम्म गर्नुभएका प्राज्ञिक सोध तथा प्रतिपादन गर्नुभएका सिद्धान्तका बारेमा पनि एपमा जानकारी राखिएको फेस्टका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताउनु भएको छ ।

 स्मरणीय छ युगद्रष्टा डा. निर्मलमणि अधिकारीले युग प्रवर्तन गरी वैज्ञानिक सत्ययुगको लक्ष्य लिएर जरोकिलो महाअभियानको संकल्प गर्नुभएको थियो । जरोकिलो महाअभियानमा राजनीतिक पार्टी सहित एक दर्जन भन्दा धेरै संस्थाहरु दर्ता भएर काम गरिरहेका छन् । उहाँले प्रतिपादन गर्नुभएको सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदयता  अर्थतन्त्र लगायतका अवधारणले नेपालको पुनर्जागरण गरी नेपालको वर्तमान समस्याको समाधान गर्नु र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने उद्देश्व लिएको छ । 

साथै फेस्ट कम्पनिले लकडाउनको बेला ४०० भन्दा धेरै विद्यार्थीहरुलाई अनलाइन मार्फत प्रोग्रामिङ ल्याङ्वेज सी र सी प्लस ल्लस निशूल्क पढाएको थियो । 

 फेस्ट कम्पनिले नेपाली वर्णमाला, आदी डिजिटल एपहरु निशुल्क गुगल प्ले स्टोरमा सार्वजनिक गरिरहेकोे छ ।  फेस्ट कम्पनिले विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ । फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारीे दिनुभएको छ ।

यो एप एन्ड्रोइड फोन प्रयोग कर्ताले  गुगल प्ले स्टोर बाट डाउनलोड गर्न सक्नेछन् ।