Loading

प्राबिधिक-समाचार

पासवर्डको सुविधा हटाउँदै माइक्रोसफ्ट

काठमाडौं | माइक्रोसफ्टले आफ्ना उपकरणमा पासवर्डको सुविधा हटाउन लागेको छ | हालै सार्वजनिक गरेको ब्लग पोष्ट मार्फत कम्पनीले पासवर्ड टाइप गर्ने चलन २०२१ सम्म परिवर्तन गरिसक्ने बताएको छ।

कम्पनीका अनुसार ८० प्रतिशत साइबर हमला प्रयोगकर्ताका पासवर्डलाई लक्षित पारेर गरिन्छ र हरेक दिन २५० वटा अकाउन्टहरु ह्याक हुने गर्छ। त्यसैले कम्पनीले आफ्ना उपकरणमा पासवर्ड बनाउने सुविधा नै हटाउन निर्णय गरेको हो। पासवर्ड बनाउने चलन परिवर्तन गर्नको लागि कम्पनीले गत वर्ष ‘विन्डोज हेलो’ ल्याएको थियो। जसबाट प्रयोगकर्ताले बिना पासवर्ड, फिंगर प्रिन्ट स्क्यानर वा वेबक्याम प्रयोग गरि सिधैँ ‘विन्डोज–१०’ साइन इन गर्न सक्छन्। २०२१ सम्म भने कम्पनीले पासवर्ड प्रयोग गर्ने चलन पुर्ण रुपमा हटाउने विश्वास गरेको छ।