Loading

साइबर सुरक्षा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आधिकारीक फेसबुक पेज ह्याक

काठमाडौं |  मुख्यमन्त्री राउतको पेजसँगै मुख्यमन्त्री संचार सचिवालय र आफ्नो व्यक्तिगत एकाउन्ट समेत ह्याक भएको मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिश मिश्रले जानकारी दिए ।यी पेजहरु ह्याक भएको हुँदा त्यस अन्यथा कुराहरु पोष्ट हुन सक्ने भन्दै मिश्रले क्षमा याचना गरेका छन् ।मुख्यमन्त्री लालबाबु राउतको पेजबाट युवतीको फोटो अपलोड समेत अपलोड भएको छ ।

सो पेजमा मुख्यमन्त्रीको गतिविधिहरु अपडेट हुँदै आएकोमा जापानी वा चाईनीज भाषामा नाम परिवर्तन गरिएको देखिएको छ । फेसबुक पेज ह्याक भएपछि मुख्यमन्त्रीका सँचार सचिवालयले ह्याक भएको अधिकारीक जानकारी दिँदै केही अन्य समाग्री पोष्ट हुन गएमा अन्यथा नलिन आग्रह पनि गरेको हो ।


कसले के का लागी पेज ह्याक  गर्‍यो भन्ने खुलेको छैन र अकाउन्ट रिकभर पनि अहिले सम्म भएको छैन्| मन्त्री जस्तो माननिय ब्यक्तीको अकाउन्ट हुनु भनेको सरकारी तहका अकाउन्टमा कत्तीको  सुरक्षा छ त्यो आकलन गर्न सकिन्छ|  पहिले पनि सरकारी अकाउन्टहरु धेरै ह्याक भएका छन् | सरकारी तह बाटै साइबर नियम कडा गरिनु पर्छ र एस्तो अनैतिक काम गर्ने लाई कडा सजाए दिनु पर्छ|