Loading

टेलिकम

तत्काल अपडेट गर्न नेसनल सर्टको सुझाव - अख्तियारदेखि अर्थमन्त्रालयसम्मका ३५ सर्भर जोखिममा

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायतका ३५ वटा सरकारी निकायका सर्भर जोखिमपूर्ण रहेको पाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखा अन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह (नेसनल सर्ट) ले यस किसिमको जोखिम पत्ता लगाएको हो

सरकारले सूचना प्रविधिमा हुने ह्याकिङ, डेटा चोरीलगायतका घटनालाई रोक्न देशभरको सूचना प्रविधि क्षेत्रलाई सुरक्षित बनाउन नेसनल सर्ट गठन गरेको सर्टले असार ३१ मा सूचना जारी गर्दै ३५ वटा सरकारी निकायहरुमा माइक्रोसफ्ट सर्चरमा सेक्यूरिटी प्याच अपडेट गर्न सुझाव दिएको

जसमा डीएनएस सर्भरमा सिगरेड (एसआईजीआरईडी) नामक जोखिम देखिएको बताइएको त्यसका लागि तत्कालै माईक्रोसफ्टद्धारा उपलब्ध गराइएको प्याच अपडेट गरी सर्भर सुरक्षा गर्न जरुरी रहेको सर्टको सुझाव सर्टले विण्डोज २००३ देखि विण्डोज २०१९ सम्मको डिएनएस सर्भर भएका निकायले तत्कालै एडभाइजरी पालना गर्नुपर्ने आवश्यकता समेत औंल्याइएको

उक्त एडभाइजरीमा यही जुलाई १४ मावर्मेबल भल्नराबिलिटीपत्ता लागेको यो विण्डोज डीएनएस सर्भरमाक्रिटिकल रिमोट कोड एक्जिक्युसन भल्नराबिलिटीभएको बताइएको जसले माइक्रोसफ्टका सर्भर प्रभावित बनाइरहेको शर्टको निश्कर्ष

 त्यसका लागि माइक्रोसफ्ट विन्डोज अपडेट गर्नुपर्ने उल्लेख विण्डोज अपडेटमार्फत प्याच उपलब्ध भएको , त्यसैले सिस्टमलाई स्वचालितरुपमा अपडेट हुने गरी मिलाइराख्न त्यस्ता निकायहरुलाई सूचनामार्फत सचेत गराइएको